शुक्रबार, भदौ ५, २०८३

यी हुन् एमाले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधि [सूचीसहित]

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विधान महाधिवेशन हुने मिति सरेको छ। शनिबार बसेको एमाले स्थायी कमिटीको बैठकले विधान महाधिवेशनको मिति हेरफेर गर्ने निर्‌णय गरेको हो।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विधान महाधिवेशन हुने मिति सरेको छ। शनिबार बसेको एमाले स्थायी कमिटीको बैठकले विधान महाधिवेशनको मिति हेरफेर गर्ने निर्‌णय गरेको हो। 

यसअघि एमालेले असोज ४ देखि ६ गतेसम्मका लागि विधान महाधिवेशन गर्ने मिति तोकेको थियो। 'आजको स्थायी कमिटी बैठकले विधान अधिवेशनको मिति हेरफेर गर्ने निर्णय गरेको छ,' एमाले महासचिव ईश्वर पोखरेलले भने।

अब एमाले विधान महाधिवेशन असोज १५ गतेदेखि १७ गतेसम्म हुने भएको छ। विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको टुंगोसमेत शनिबारको बैठकले लगाएको छ।

१. केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य

२. अनुशासन आयोगका पदाधिकारी र सदस्य

३. लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य

४. निर्वाचन आयोगका पदाधिकारी र सदस्य

५. केन्द्रीय विभागका सचिवसहित १५ सदस्य

६. सल्लाहकार परिषदका पदाधिकारी र सदस्य

७. जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य

८. प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य

९. विशेष कमिटीका पदाधिकारी र सदस्य

१०. जिल्ला कमिटीका पदाधिकारी र सदस्य

११. निर्वाचन क्षेत्रबाट महिला,दलित खुला एक सदस्य

१२. जनसंगठनका पदाधिकारीमध्येबाट १० जना

१३. पार्टी सदस्य रहेका संघीय संसदका सदस्य

१४. पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य

१५. एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख

१६. एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनित

प्रकाशित: Sep 11, 2021| 18:07 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...