शुक्रबार, भदौ ५, २०८३

एमसीसी पास गर्ने योजना फिर्ता लिनुपर्छ : विप्लव नेकपा

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एमसीसी सम्झौतामा काम अघि नबढाउन आग्रह गरेको छ।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एमसीसी सम्झौतामा काम अघि नबढाउन आग्रह गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले एमसीसीलाई अगाडि बढाइए देउवा सरकार आन्दोलनको भूमरीमा पर्ने चेतावनीसमेत दिएका हुन्।

'एमसीसी संसद्‍मा पेस गर्ने र अनुमोदन गर्ने योजना फिर्ता लिनुपर्छ। एकपटक नेपाली जनताको आवाज सरकारले सुन्नुपर्छ। नेपालका राजनीतिक पार्टीहरूको संघर्षलाई हेर्नुपर्छ। नेपाली जनताको विरोधलाई तपाईंहरूले सुन्नुपर्छ। होइन, तपाईंहरुले मुर्खता गर्नुभयो भने हामी दोस्रो चरणको आन्दोलनमा जान्छौँ,' उनले भने, 'तपाईंहरूले एमससीसीलाई पास गरेर नेपाली जनता र हाम्रो राष्ट्र विरुद्धमा अपराध गर्छौँ भन्ने सोच्नुभएको भए तपाईंहरुसँग नेपाली जनताको यो देशले स्वाधीनता प्राप्त नगर्दासम्म तपाईंहरुसँग निरन्तर लडाईं हुनेछ। नेपाली जनताको निशानमा तपाईंहरू परिरहनुहुनेछ।'

उनले एमसीसी इन्डोप्यासिफिक स्ट्राटेजीको एउटा अंग होइन भन्नु नेपाली जनतालाई उल्लु बनाउने कुरा मात्रै भएको दाबी गरे।

प्रकाशित: Sep 11, 2021| 15:42 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...