शुक्रबार, भदौ ५, २०८३

एमसीसी संसोधनसहित पास गरिनुपर्ने एमालेको भनाइ

नेकपा एमालेको स्थायी कमिटीकोमा आगामी विधान महाधिवेशनका बारेमा छलफल भएको छ।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटीकोमा आगामी विधान महाधिवेशनका बारेमा छलफल भएको छ।

महाधिवेशनमा देशभरबाट आएका तीन हजार महाधिवेश प्रतिनिधि सहभागी गराउने बारेमा समेत छलफल भएको पार्टी प्रचार विभागका प्रमुख योगेश भट्टराइले जानकारी दिए। भने, 'महाधिवेशन प्रतिनिधिका विषयमा छलफल भएको छ।'  बैठकमा एससीसी संशोधन सहित पास हुनुपर्ने विषयमा पनि छलफल भएको नेता भट्टराइले जानकारी दिए।

भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै उनले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए। 

बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा भट्टराईले यस्तो बताएका हुन्। ‘संसद्लाई अवरोध गर्ने कुनै नियत होइन। पार्टी विभाजनका निम्ति सहयोगी भूमिका खेलेपछि आपत्ति हो,’ उनले भने, ‘उहाँ संसद्को नेता हो। तर, सत्तापक्षको सदस्यका रुपमा भूमिका खेल्नुभयो।’

सभामुख सत्ता र प्रतिपक्ष कसैको नहुने भन्दै एमाले विभाजनमा सहयोगीको भूमिका खेलेकाले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए। 

'सहज बनाउने काम सत्तापक्षको हो। त्यसमा सभामुखले सहजीकरण गर्नुपर्ने त्यो गर्नुभएको छैन। एमालेसँग संवादमा आउन चाहनुभएको छैन,’ उनले भने, ‘सभामुखले संवाद गर्नुपर्‍यो। दलका नेता र पदाधिकारीसँग सोध्नुपर्‍यो।’

प्रकाशित: Sep 11, 2021| 14:32 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...