शुक्रबार, कात्तिक २८, २०८२

अन्तर्राष्ट्रिय श्रमिक दिवस : मजदुर सधैं मारमा

अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन शुक्रबार काठमाडौं उपत्यकामा खिचिएका केही तस्बिर
 |  शुक्रबार, वैशाख १९, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, वैशाख १९, २०७७

आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस। यसअघिका वर्ष श्रमिक दिवसमा विभिन्न कार्यक्रम मनाइने गरिए पनि यस वर्ष भने कोरोना भाइरसको महामारीका कारण कुनै औपचारिक कार्यक्रम भएनन्।

National life

कोरोना महामारीका कारण नेपाल, भारतलगायत विश्वभरका अधिकांश देशमा लकडाउन गरिएको छ। लकडाउनले विकास निर्माणका कामसँगै उद्योग, व्यवसाय र कलकारखाना बन्द छन्। लकडाउनको सबैभन्दा बढी मारमा परेका छन् मजदुर।

उद्योग, कलकारखाना औपचारिक रुपमा बन्द भए पनि अनौपचारिक रुपमा भने मजदुरहरु पाएसम्म काम गरिरहेकै छन्। उनीहरुलाई दिवससँग कुनै सरोकार छैन । सरोकार छ त हातमुख जोर्नुको।

सन् १८८६ मा अमेरिकाको सिकागो भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो। उक्त आन्दोलनले ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’को नारा तय गरेको थियो।

सन् १८८९ मा फ्रान्सको प्यारिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्वभर श्रमिक दिवस मनाउने निर्णय गरेको थियो। त्यसको एक वर्षपछि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो।

Laxmi sunrise bank
kumari

नेपालमा भने ७० वर्षअघि (२००७ साल) विराटनगरमा भएको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन शुक्रबार काठमाडौं उपत्यकामा खिचिएका केही तस्बिर :

प्रकाशित: May 01, 2020| 14:02 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।