शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • ‘सरकारले दिएको राहत हप्तादिन पुगेन, उहाँहरूले नदिए भोकै पर्छौं’ (फोटोफिचर)

‘सरकारले दिएको राहत हप्तादिन पुगेन, उहाँहरूले नदिए भोकै पर्छौं’ (फोटोफिचर)

अधिकांश स्थानीय तहले ५–१० किलो चामल, एक किलो दाल, एक पाकेट नुन र तेल राहत स्वरुप बाँडेको थिए। तर, त्यसले एउटा परिवारलाई कति दिन पुग्छ?
 |  मंगलबार, वैशाख १६, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, वैशाख १६, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दुई हप्ताअघि नै ८० करोड रूपैयाँ बराबरको राहत बाँडिएको बताएका थिए।

National life

तर, सरकारले बाँडेको राहत कतिले पाए, कतिले पाएनन् लेखाजोखा छैन। राहत नपाएको र घरमा चुलो नबलेको भन्दै राजमार्गमा घर जानेहरूको ताँती अझै कम भइसकेको छैन।

सरकारी राहत पाउनेहरूले पनि पर्याप्त पाएनन्। अधिकांश स्थानीय तहले ५–१० किलो चामल, एक किलो दाल, एक पाकेट नुन र तेल राहत स्वरुप बाँडेको थिए। तर, त्यसले एउटा परिवारलाई कति दिन पुग्छ? प्रश्न तीनै तहको सरकारलाई...

मंगलबार काठमाडौंमा खानाको लाइनमा बसेकाहरू भन्दै थिए– “सरकारी राहत एक हप्ता पुगेन, उहाँहरूले नदिए के खाएर बाँच्नु?”

सरकारी राहत सकिएर चुलो बल्न छोडेपछि विभिन्न स्थानमा विभिन्न संघसंस्था र क्लबले राहत बाँडिरहेका छन्।

Laxmi sunrise bank
kumari

११ दिनदेखि केशवधाम हिन्दू स्वयंसेवक संघ नेपाल र नव दृष्टिकोण युवा क्लब मिलेर काठमाडौं महानगरपालिका वडा नम्बर ९ को सकुम्बासी बस्तीमा खाना बाँडिरहेका छन्। उनीहरूलाई सेभ हेभन फाउण्डेशनले सघाइरहेको छ।

संघले खाना बनाएर परिवारका सदस्यअनुसार खाना बाँड्छ। दैनिक एक हजार घरपरिवारलाई खाना वितरण गर्दै आइरहेको क्लबका वरिष्ठ सल्लाहकार टेकबहादुर थापाले जानकारी दिए। राप्रपा संयुक्तका केन्द्रीय सदस्यसमेत रहेका थापाले भने, “अन्य ठाउँमा पनि समस्या भए हामीलाई खबर गर्नुस्।”

प्रकाशित: Apr 28, 2020| 19:55 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।