बिहीबार, वैशाख २०, २०८१

हलिउडका यी कलाकार जो लेखकका रूपमा पनि स्थापित छन्

ग्रामी तथा एकेडेमी अर्वाड विजेता म्याडोनाले पनि कयौं साहित्यबाहेक कफी टेबल बुक लेखेकी छन्।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

विश्वप्रसिद्ध लेखक आन्टोन चेखोभ चिकित्सक थिए। उनी भन्थे, जीवन निर्वाहको लागि म चिकित्सा पेसा अपनाउँछु, जीवन आनन्दका लागि लेखन।

triton college

साहित्यमा गहिरो रुचि हुनेहरुले आफ्नो पेसा जेसुकै भए पनि सिर्जना कर्मलाई पनि निरन्तरता दिइरहेका हुन्छन्।

हलिउडका धेरै कलाकारले पनि आफूलाई लेखकका रुपमा स्थापित गरेका छन्। चर्चित आख्यान ह्यारी पोटरमाथि बनेको चलचित्रमा मुख्य पात्रको भूमिका निर्वाह गरेका ड्यानियल र्याडक्लिफ कवि पनि हुन्।

उनको कविता ज्याकोब गर्सनको नामबाट प्रकाशित हुने गरेको थियो। उनले १६ वर्षदेखि २१ वर्षको हुँदा थुप्रै कविता लेखेका थिए। र्याडक्लिफले चर्चित कवि एलेन गिन्सवर्गको भूमिकामा पनि अभिनय गरेका थिए। उनले आफूलाई उपन्यास लेख्ने धैर्य तथा सीप नभएको बताएका थिए। ‘तर म कविता तथा कथा भने लेख्छु किनभने ती दुई काम मेरो गहिरा सोख हुन्,’ र्याडक्लिफले केही समयअघि एक अन्तर्वार्तामा भनेका थिए।

एकेडेमी अवार्ड विजेता कलाकार टम हाङ्सले पनि कथाकारको परिचय बनाएका छन्। अमेरिकाको चर्चित प्रकाशन गृहबाट उनको कथासंग्रह प्रकाशित भएको छ। सन् २०१७ मा प्रकाशित हाङ्सको कथा संग्रह ‘अनकमन टाइप’ को राम्रै चर्चा भएको थियो।

corrent noodles
Metro Mart

एकेडेमी अर्वाडमा मनोनीत अमेरिकी कलाकार जेम्स फ्रयाङको पनि लेखकका रुपमा परिचित छन्। उनको ‘पालो अल्टो’ कथा संग्रह किशोरकिशोरीको जीवनसंघर्ष र संवेदनामा आधारित छ। उनले ‘एयाक्टर अनोनिमस’ अर्थात् अज्ञात कलाकार शीर्षकमा हलिउडको कलाकारको कथामाथि पनि एउटा उपन्यास लेखेका छन्।

चार पटक एकेडेमी अवार्डमा मनोनीत इथान हक पनि स्थापित लेखक हुन्। उनले धेरै नाटक लेखन तथा निर्देशन गरेका छन्। त्यसबाहेक उनको तीनवटा उपन्यास र एउटा ग्राफिक उपन्यास प्रकाशित छ।
प्रसिद्ध मोडेल नियोमी क्याम्पबेलले ‘स्वान’ शीर्षकमा उपन्यास लेखेकी छन्। मान्छेहरुले उनको उपन्यास सम्पादकले लेखिदिएको भनेर पनि उडाए। तर पछि उनको सम्पादक क्यारोलिन अप्सरले पनि आफ्नै उपन्यास प्रकाशित गरिन्।

चार पटक एकेडेमी अवार्डमा मनोनीत इथान हक पनि स्थापित लेखक हुन्। उनले धेरै नाटक लेखन तथा निर्देशन गरेका छन्। त्यसबाहेक उनको तीनवटा उपन्यास र एउटा ग्राफिक उपन्यास प्रकाशित छ।

ग्रामी तथा एकेडेमी अर्वाड विजेता म्याडोनाले पनि कयौं साहित्यबाहेक कफी टेबल बुक लेखेकी छन्।

आफ्ना तीनवटा संस्मरणका लागि चर्चित एकेडेमी अर्वाड विजयी ९४ वर्षीय कलाकार सिड्नी पोइटरले पनि जीवनको उत्तरार्धमा कथा संग्रह प्रकाशित गरे। पोइटरको ‘मोन्टारो केन’ सन् २०१३ मा प्रकाशित भएको थियो, जतिबेला उनको उमेर ८६ वर्षको थियो।

हास्य कलाकारका रुपमा स्थापित स्टिभ मार्टिन सफल लेखक हुन्। उनको व्यङ्ग्यसंग्रह प्रकाशित छ।

त्यस्तै, हलिउडका हस्ती उडी एलेन र स्पाइ ली बौद्धिक व्यक्तित्वका रुपमा स्थापित छन्। उनीहरुका लेख नियमित रुपमा पत्रपत्रिकामा प्रकाशित भइरहेका हुन्छन्।

प्रकाशित: Sep 11, 2021| 07:20 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्