काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ।
शु्क्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र सुमार बीच भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष सुमारले नेपालको संसद्बाट एमसीसी सम्झौता चाँडै पारित हुने विश्वास व्यक्त गरेकी थिइन्।
जवाफमा प्रधानमन्त्री देउवाले सरकारले गठबन्धनका दल र अन्य दलहरूसँग पनि यो विषयमा छलफल गरिरहेको बताएका थिए।
उपाध्यक्ष सुमारले प्रमुख प्रतिपक्षी दल एमाले संसदीय नेता तथा अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेताहरू उपेन्द्र यादव र डा बाबुराम भट्टराईलाई समेत यसअघि नै भेट गरिसकेकी थिइन्।