बिहीबार, भदौ ४, २०८३

दुलाहा दुबईमा दुलही मुम्बईमा, मेरठबाट कसियो जोडी

कोरोना भाइरसको (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण संसारका अधिकांश देश लकडाउन छन्।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

एजेन्सी- कोरोना भाइरसको (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण संसारका अधिकांश देश लकडाउन छन्।

बिहे गर्ने तयारीमा जोडीहरु बिहे गर्न पाइरहेका छैनन्। यो अवस्था कति समयसम्म चल्छ त्यो कसैलाई थाहा छैन।

तर भारतको एउटा जोडीले भने सात समुद्र पारीबाटै भर्चुअल विवाह गरेको छ। आश्चर्य त यो थियो कि, दुलाहा दुबईमा, दुलही मुम्बईमा र उनीहरुको बिहे गराउने व्यक्ति भने उत्तर प्रदेशको मेरठ जिल्लामा थिए।

मेरठका बासिन्दा वसीम अहमद र मुम्बई निवासी सैय्यद आफरीनले भर्चुअल बिवाह सम्पन्न गरे।

आइतबार वसीम र आफरीनले निकाह (मुस्लिम समुदायमा विवाहका लागि गरिने एक सम्झौता। जसमा साक्षीहरुको उपस्थितिमा दुलाहा दुलही एकअर्काको हुने सम्झौता गर्छन्) प्रतिज्ञा गरे।

दुबईमा रहेका दुलाहा र मुम्बईमा रहेकी दुलहीलाई मेरठबाट सहजीकरण गरेका थिए नायब शहरकाजी जैनुर राशिद्दिनले। उनले निकाह पढेर सुनाए, जसमा वसीमका पिता नदीम सिद्दिकीसहित अन्य चार जना साक्षी बसेका थिए।

मेरठस्थित शाहपीरगेट पूर्वा अब्दुलवाली निवासी नदीम सिद्दिकीका २८ वर्षीय छोरा वसीम अहमद पाँच वर्षदेखि साउदी अरबको अबुधाबीमा एक शपिङ मलमा असिस्टेन्ट म्यानेजरमा कार्यरत छन्।

उनी बिहेका लागि स्वदेश फर्किन दुबई पुगेका थिए।

मुम्बई निवासी सैय्यद वसी रजाकी पुत्री सैय्यद आफरीनसँग उनले बिहे गर्ने कुरा ६ महिना अघि तय भइसकेको थियो।

२२ मार्चमा जनता कर्फ्युपछि लगातार लकडाउन चल्यो। त्यसपछि उनीहरुले तोकेको समयमा बिहे गर्न सक्ने गरी वसीम स्वदेश फर्किन सकेनन्।

तर तोकिएको समयमा सँगै बसेर बिहे गर्न नसके पनि निकाह गर्ने विषयमा दुई परिवारबीच सहमति भयो। दुलाहा र दुलहीलाई पनि यो कुरा स्वीकार्य भयो।

आइतबार दुलाहा दुलहीलाई भिडियो कन्फ्रेन्समा जोडियो र निकाह गरियो।

लकडाउनमै बिहे बन्धनमा बाँधिएका वसीम र शैय्यदको भेट भने लकडाउन खुलेपछि मात्रै हुनेछ।

प्रकाशित: Apr 21, 2020| 18:33 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।