काठमाडौं- प्रतिनिधि सभाको तेस्रो बैठकमा पनि प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेको छ।
एमालेले कारबाही गरेका १४ जना सांसदलाई कारबाही गर्न माग गर्दै एमालेका सांसदहरूले अवरोध पुर्याएका हुन्। यद्यपि संसद् बैठक भने अघि बढिरहेको छ।
जारी प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष २०७८/७९ का लागि अध्यादेशमार्फत् अघिल्लो सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पेस गरिरहेका छन्।