शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • दौडिएर रोस्ट्रममा पुगे अर्थमन्त्री, होहल्लाका बीच आर्थिक अध्यादेश स्वीकृत भएको घोषणा

दौडिएर रोस्ट्रममा पुगे अर्थमन्त्री, होहल्लाका बीच आर्थिक अध्यादेश स्वीकृत भएको घोषणा

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिनिधिसभाबाट आर्थिक अध्यादेश २०७८ पास भएको छ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिनिधिसभाबाट आर्थिक अध्यादेश २०७८ पास भएको छ।

एमाले सांसदहरुले नाराबाजी गरेर बेल घेराउ गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए।

आफू बसेको स्थानबाट दौडेर रोस्ट्रममा पुगेका शर्माले अध्यादेश प्रस्तुत गरेपछि सभामुखले त्यसलाई होहल्लाका बीच निर्णयार्थ पेश गरे र बहुमतले स्वीकृत भएको घोषणा गरे।

अर्थमन्त्री शर्मा रोस्ट्रममा जाने क्रममा एमालेका सांसदहरु र मर्यादापालकहरुबीच घम्साघम्सी भएको थियो।


प्रकाशित: Sep 10, 2021| 14:09 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...