काठमाडौं– प्रतिनिधिसभाको आज शुक्रबारको दोस्रो बैठकमा पनि प्रतिपक्षी दल एमालेले अवरोध गरेका छन्। पहिलो बैठकमा १७ मिनेट नाराबाजी गरेका सांसदहरुले दोस्रो बैठक सुरु हुनेबित्तिकै नाराबाजी सुरु गरेका छन्।
पहिलो बैठक चल्न नसकेपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका थिए।
नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही अघि बढाएका छन्।