शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेको अवरोधबीच राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

एमालेको अवरोधबीच राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक–२०७८ पेश गरिएको छ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक–२०७८ पेश गरिएको छ।

शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए। तर एमाले सांसदहरुको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक पेश गरे।

बैठक सुरु भएलगत्तै एमालेका सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटा, सरकार र निर्वाचन आयोगले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई संरक्षण गरेर पार्टी फुटाउने काम गरेको भन्दै बैठक चल्न नदिने जानकारी गराएका थिए।

उनले लोकतन्त्रलाई मास्ने र दलीय प्रणालीलाई कमजोर पार्ने काम सरकार, प्रतिनिधिसभाका सभामुख र निर्वाचन आयोग मिलेर गरेकाले त्यसको विरोधमा बैठक अवरुद्ध गर्नुपरेको बताए। एमालेले अस्ति बुधबार पनि संघीय संसदको दुवै सदन अवरुद्ध गरेको थियो।


प्रकाशित: Sep 10, 2021| 13:43 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...