शुक्रबार, भदौ ५, २०८३

एमाले सांसदको नाराबाजी नरोकिएपछि संसद् बैठक स्थगित

नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुखले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुखले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्। 

दिउँसो १ बजे सभामुख अग्नि सापकोटाले ‘आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भनिनसक्दै नेकपा एमालेका सांसदहरु उठेर बेल घेर्न कुदेका थिए। सांसदहरुले लगातार १७ मिनेट नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन्। 

पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसद बैठकमा उपस्थित भएको भन्दै एमालेले संसद् चल्न नदिएको हो।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइसकेको भन्दै सभामुख सापकोटाले बैठक सुरु गर्न दिन आग्रह गरिरहे पनि नाराबाजी जारी रह्यो।  ‘सर्वोच्चमा मुद्दा विचाराधिन छ। त्यसैले यो विषय फेरि उठाउनु बान्छनिय हुँदैन। आजको कारबाही सुरु गर्न दिनुस्। बाढी, पहिरोको विषय छ। जनताको मुद्दामा माननिय सदस्यहरुले बोल्न खोज्नुभएको छ। त्यसैले बैठक सञ्चालनमा सहयोग गर्नुहोस्’ सभामुखले भने।

एमालेले अस्ति बुधबार पनि संसद्का दुवै सदनको बैठक अवरुद्ध गरेको थियो।

प्रकाशित: Sep 10, 2021| 13:34 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...