शुक्रबार, भदौ ५, २०८३

संसद् बैठक सुरु हुन नपाउँदै बेल घेर्न कुदे एमालेका सांसद

प्रतिनिधिसभाको बैठक आज शुक्रबार पनि अवरुद्ध भएको छ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज शुक्रबार पनि अवरुद्ध भएको छ। दिउँसो १ बजे सभामुख अग्नि सापकोटाले ‘आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भनिनसक्दै नेकपा एमालेका सांसदहरु उठेर बेल घेर्न कुदेका थिए। अहिले सांसदहरुले नाराबाजी गरिरहेका छन्।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइसकेको भन्दै सभामुख सापकोटाले बैठक सुरु गर्न दिन आग्रह गरिरहेका छन्। ‘सर्वोच्चमा मुद्दा विचाराधिन छ। त्यसैले यो विषय फेरि उठाउनु बान्छनिय हुँदैन। आजको कारबाही सुरु गर्न दिनुस्। बाढी, पहिरोको विषय छ। जनताको मुद्दामा माननिय सदस्यहरुले बोल्न खोज्नुभएको छ। त्यसैले बैठक सञ्चालनमा सहयोग गर्नुहोस्’ सभामुखले भने।

पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसद बैठकमा उपस्थित भएको भन्दै एमालेले संसद् चल्न नदिएको हो। एमालेले अस्ति बुधबार पनि संसद्का दुवै सदनको बैठक अवरुद्ध गरेको थियो।
प्रकाशित: Sep 10, 2021| 13:21 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...