शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • डडेल्धुरा विवादबारे रामचन्द्रले भने– महाधिवेशनको लागि यो शुभसंकेत होइन

डडेल्धुरा विवादबारे रामचन्द्रले भने– महाधिवेशनको लागि यो शुभसंकेत होइन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेल्धुरा कांग्रेसमा देखिएको विवाद महाधिवेशनका लागि शुभसंकेत नभएको बताएका छन्।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेल्धुरा कांग्रेसमा देखिएको विवाद महाधिवेशनका लागि शुभसंकेत नभएको बताएका छन्।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा प्रहरी लगाएर वडा तहको अधिवेशन भइरहेका बेला पौडेलले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका हुन्। उनले प्रशासनिक शक्तिको दुरुपयोग गरी वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भएको बताएका छन्। 

‘नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो,’ उनले भनेका छन्।

डडेल्धुरामा देखिएको प्रवृत्ति अलोकतान्त्रिक भएको उनको भनाइ छ। पार्टीको आन्तरिक निर्वाचनमा शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक भएको बताउँदै उनले महाधिवशेनका लागि यो शुभ संकेत नभएको बताएका छन्। ‘पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र तर व्यवहार अलोकतान्त्रिक! नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ। महाधिवेशनको लागि यो शुभसंकेत होइन,’ उनले भनेका छन्।

प्रकाशित: Sep 10, 2021| 13:10 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...