शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टी महाधिवेशनमा प्रहरी प्रशासनको दुरुपयोग नगर्न पौडेल पक्षको आग्रह

पार्टी महाधिवेशनमा प्रहरी प्रशासनको दुरुपयोग नगर्न पौडेल पक्षको आग्रह

कांग्रेसको इतर समूहले क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न तथा महाधिवेशनमा प्रहरी प्रशासनको दुरुपयोग नगर्न सभापति शेरबहादुर देउवासँग आग्रह गरेको छ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न तथा महाधिवेशनमा प्रहरी प्रशासनको दुरुपयोग नगर्न सभापति शेरबहादुर देउवासँग आग्रह गरेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले शुक्रबार सभापति देउवालाई बालुवाटारमा भेट गरी यस्तो आग्रह गरेका हुन्।

भेटपछि पौडेलले भने, ‘कृयाशील सदस्यहरुको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् र पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौं।’ उनीहरूले पार्टी निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सहयोग गर्न पनि सभापति देउवासँग आग्रह गरेका थिए। पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिं केसी, मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोलीले देउवालाई भेटेको हो। 

प्रकाशित: Sep 10, 2021| 11:14 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...