पोखरा- गण्डकी प्रदेश सरकार विस्तार हुँदैछ। जसमा नेपाली कांग्रेसबाट तनहुँका दोबाटे बिश्वकर्मा र बागलुङका मणिभद्र शर्मा कंडेल मन्त्री बन्ने पक्का भएको छ। तर उनीहरुलाई कुनकुन मन्त्रालय दिने भन्ने टुंगो लागाइसकेको छैन।
हाल सामाजिक बिकास मन्त्रालय सम्हालेका प्रदेश सरकारका प्रवक्तासमेत रहेका कुमार खड्काले भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्नेछन्। गण्डकी प्रदेशमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा तथा स्वतन्त्र सांसदको गठबन्धन बनेको छ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकार बन्न सघाएको जनमोर्चा सरकारमा भने जाने छैन। बिहीबार मात्रै माओवादीबाट मन्त्री बन्नेको टुंगो लागेको छ।