शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमसीसीको गाँठो कसिलो बन्दै, सुमारले भेट्दै प्रम देउवा र नेता प्रचण्ड

एमसीसीको गाँठो कसिलो बन्दै, सुमारले भेट्दै प्रम देउवा र नेता प्रचण्ड

सुमारको नेतृत्वको टोलीले आज शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै छ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारको नेतृत्वको टोलीले आज शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै छ।

सुमारको टोलीले सत्तारुढ गठबन्धनका यी दुई नेतासँग भेटेर एमसीसी परियोजनामा भइरहेको ढिलाईबारे चर्चा गर्नुका साथै समसामयीक सन्दर्भमा यो विषयसँग जोडिएका आयामहरुबारे छलफल गर्ने बताइएको छ। ‘प्रधानमन्त्री देउवा एमसीसीको पक्षमा हुनुहुन्छ तर गठबन्धन दलको निर्णय नै उहाँका लागि महत्वपूर्ण हुनेछ’, प्रतिनिधी मण्डलसँगको भेट हुनु अघिल्लो दिन हिजो बिहिबार देउवा निकट एक कांग्रेस नेताले भने, ‘तर यो विषय सोचे जस्तो सहजै पारा पाउने अवस्थामा छैन।

सुमारको टोलीले बिहीबार दिउँसो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो।

एमसीसीकी उपाध्यक्षले एमाले अध्यक्ष ओलीसँग परियोजनाबारेको चासो लिँदै अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेको भेटमा सहभागी एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका छन्। अनुमोदनका लागि सबै पक्षको सहमतिमा हुनुपर्ने उनको आशय रहेको बताइएको छ। जवाफमा ओलीले सत्तापक्षको पोजिसन स्पष्ट भएपछि धारणा दिने बताएको भट्टराईले जानकारी दिए। 

बिहीबार बेलुका नै सुमारको टोलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेको थियो। नेता नेपालसँगको भेटका क्रममा पनि एमसीसी पास गर्नका लागि सहयोग गर्न आग्रह गरिएको बताएको छ। 

नेताको दौडधुप 

एमसीसी उपाध्यक्ष काठमाडौं ओर्लिएलगत्तै प्रमुख राजनीतिक दलका नेताहरुको दौडधुप पनि बाक्लिएको छ। बिहीबार दिउँसो सत्ता पक्षीय गठबन्धनका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता भएको थियो। भेटका क्रममा एमसीसी र मन्त्रिमण्डल विस्तार गर्ने विषयमा छलफल भएको बताइएको छ। 

उक्त बैठकलगत्तै बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र दुर्गा पौडेल पुगेका थिए। बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने उपस्थित नरहेको जनाइएको छ। बैठकमा यादव उपस्थित नभएपछि सामान्य छलफल भएको र एमसीसीका विषयमा ठोस निष्कर्ष ननिस्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक शुक्रबार बिहान फेरि बस्ने भएको छ। 

५४ जना पक्राउ, चार दिन नछुट्ने 

नेपाल भ्रमणमा रहेका एमसीसीका उपाध्यक्ष सुमारको टोलीको सुरक्षा व्यवस्थामा अवरोध गर्ने ५४ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंका विभिन्न क्षेत्रबाट हालसम्म ५४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।


प्रकाशित: Sep 10, 2021| 07:32 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...