काठमाडौं– प्रतिनिधि सभाको नवौं अधिवेशनको दोस्रो बैठक आज बस्दै छ। बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ।
बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्। आजको बैठकमा सपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
यसअघिको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेश पेस गरेका थिए।