शनिबार, मंसिर १३, २०८२

पोखरामा पर्यटन व्यवसायीका लागि पाँच हजार खोप माग

पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा खोपको माग गरेका छन्।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

गण्डकी- पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा खोपको माग गरेका छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई नेतृत्वको टोलीले मंगलबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’लाई भेट गरी थलिएको पर्यटनलाई चलायमान बनाउनका लागि तत्काल खोपको व्यवस्था गर्नुपर्ने माग गरेको हो।

National life

परिषद्का अध्यक्ष भट्टराईले हाल पहिलो चरणमा होटल तथा रेष्टुराँसहितका मजदुर एवं व्यवसायीलाई लक्षित गरी पाँच हजार कोरोनाविरुद्धको खोप आवश्यक भएको बताए। पोखरामा पर्यटन व्यवसायीका लागि भने २० हजार मात्रा आवश्यक भए पनि तत्कालका लागि पाँच हजार मात्रा उपलब्ध गराउन माग गरिएको उनले बताए। यसले पर्यटन बजारमा राम्रो सन्देश दिने उनको भनाइ छ।

गण्डकी प्रदेश सरकारले अघिल्लो वर्षमा ल्याएको एक अर्बको व्यवसाय जीवन रक्षा कोष अधिकांश साना तथा मझौला व्यवसायीको पहुँचमा नभएको भन्दै गर्दै उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता तथा ब्याज आगामी दुई वर्षसम्म तिर्न सक्ने कुनै सम्भावना नभएकाले कर्जा तालिकालाई पुनःतालिकीकरण गर्न माग गरे।

मौद्रिक नीतिमा चालु आर्थिक वर्ष २०७८/७९ मा पर्यटनलाई प्राथमिकता प्राप्त क्षेत्रका रूपमा सम्बोधन गरी हरेक बैंकले बढीमा पाँच प्रतिशत ऋण सहुलियत ब्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउन उनले अनुरोध गरे। 

अर्थमन्त्री बरालले प्रदेश सरकारले खोप व्यवस्थापन गर्न केन्द्र सरकारसँग पहल गरिरहेको उल्लेख गर्दै व्यवसायीका मागप्रति प्रदेश सरकार गम्भीर भएको बताए। कोरोनाबाट थलिएको पर्यटनलाई पुनरुत्थान गर्न सरकारले प्राथमिकता दिने उनले बताए।

Laxmi sunrise bank
kumari

कार्यक्रममा अग्रज पर्यटन व्यवसायी अग्नि कँडेल, वासु त्रिपाठी, टीकाराम सापकोटालगायतले यस वर्ष करमा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरे। पदमार्ग संरक्षण गर्न र पर्यटकीय गन्तव्यहरुको संरक्षणमा ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिए। रासस

प्रकाशित: Jul 29, 2021| 18:04 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।