शुक्रबार, भदौ ५, २०८३

राजदूत खतिवडाले भने - एमसीसी अनुमोदनको वैकल्पिक तरिका खोजिन्छ

अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले एमसीसीका अनुमोदनका लागि वैकल्पिक तरिका खोजी गरिने बताएका छन्।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं- अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले एमसीसीका अनुमोदनका लागि वैकल्पिक तरिका खोजी गरिने बताएका छन्। 

राजदूत खतिवडाले अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एसियाली मामिला विभागकी उपसहायक सचिव लौरा स्टोनसँगको भेटका क्रममा एमसीसी सम्झौताको वैकल्पिक तरिका खोजी गरिनेमा आफू आशावादी भएको बताएका छन्। 

एमसीसीका अधिकारीको नेपाल भ्रमणको एक साताअघि भएको स्टोनसँगको भेटमा नेपालमा सरकार परिवर्तन भए पनि विदेश नीतिमा परिवर्तन नहुने बताएका छन्। 

उनले भने, 'सरकारको परिवर्तनको बावजुद नेपालको आधारभूत परराष्ट्र नीतिमा परिवर्तन हुँदैन। नेपाल अमेरिकासँग लामो समयदेखिको मैत्रीपूर्ण र सहकार्यको सम्बन्धलाई सुदृढ बनाउन चाहन्छ।'

उनले नेपाल सरकार एमसीसी कम्प्याक्टलाई मैत्रीपूर्ण र सहकार्य सम्बन्धको समान भावनाका साथ अगाडि बढाउन प्रतिबद्ध रहेकोसमेत बताएका छन्।

उनले भने, "एमसीसीको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेपाल भ्रमणले कम्प्याक्टको बारेमा रहेका शंकाहरु र भ्रमहरुलाई हटाउँदै परियोजनालाई अगाडि बढाउनको लागि सहयोगी हुनेछ। दुबै पक्ष सहमत भएमा कम्प्याक्टको पुन: समीक्षा वा अनुमोदनको वैकल्पिक तरिका खोज्‍न सहयोगी हुनेमा विश्‍वास व्यक्त गर्दछु।'

उपसहायक सचिव स्टोनले राजदूत खतिवडासँग एमसीसीका प्रतिनिधिको नेपाल भ्रमणका क्रममा हुनसक्‍ने भौतिक आक्रमणबाट जोगिने सुरक्षा ग्यारेन्टीबारे प्रश्‍न गरेकी थिइन्। उनले नेपाल सरकारलाई एमसीएका स्टाफ र पत्रकारहरुको सुरक्षा सुनिश्चित गर्न र कम्प्याक्टका विषयमा गलत सूचना फैलाउने अभियान रोक्न आग्रह गरेकी हुन्। 


प्रकाशित: Sep 09, 2021| 20:44 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...