शुक्रबार, भदौ ५, २०८३

दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा गठबन्धनमा छलफल

बैठकमा अबको एक दुई दिनभित्रै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको थियो।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं- बिहीबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको छ। बैठकमा अबको एक दुई दिनभित्रै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको थियो।

यद्यपि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यसमा टुंगो भने लगाइनसकेको प्रधानमन्त्री देउवा निकटका एक नेताले बताए। 'मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल भयो। तर अन्तिम निर्णयमा पुग्न बाँकी छ,' उनले भने, 'एक/दुई दिनमा पहिलो चरणको विस्तार हुन सक्छ।'

बिहीबारको बैठकमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा उपस्थित भएपनि जसपाका उपेन्द्र यादव भने कार्यव्यवस्ताका कारण उपस्थित नभएकाले विस्तृत छलफल नभएकाले शुक्रबार पुन: बैठक बस्ने सहमति भएको जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्। उनले एमसीसीका विषयमा भने छलफल नभएको दाबी गरिन्।

संसद् बैठक सञ्चालका विषयमा पनि छलफल भएको उनको भनाइ छ। एमालेले आफूले कारबाही सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरेपसम्म संसद् बैठक चल्न नदिने बताउँदै आएको छ। 

सरकार गठन भएको दुई महिना हुँनै लाग्दा समेत अझै मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा असार २९ गते सरकार गठन भएको थियो। प्रधानमन्त्री देउवाले कांग्रेसबाट एक राज्यमन्त्री र दुई मन्त्री र माओवादीबाट दुई जनालाई मन्त्री बनाएका थिए।


प्रकाशित: Sep 09, 2021| 20:41 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...