शुक्रबार, भदौ ५, २०८३

भाजपाका महासचिव राम माधव काठमाडौंमा

भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महासचिव राम माधव काठमाडौंमा छन्।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं- भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महासचिव राम माधव काठमाडौंमा छन्। 

नेपाल सरकारले भारतलाई तुइन घटना र हेलिकोप्टर प्रकरणका विषयमा कूटनीतिक नोट पठाएपछि बिहीबार राष्ट्रिय स्वयंसेवक संघका राष्ट्रिय कार्यकारी सदस्यसमेत रहेका राम माधव काठमाडौं आएका हुन्। 

उनको भेटघाटको कार्यतालिका भने सार्वजनिक गरिएको छैन। उनी यसअघि २०७५ साल साउनमा नेपाल भ्रमणमा आएका थिए। त्यस समय उनले दिएको अभिव्यक्ति विवादित बनेको थियो। 

उनले भनेका थिए, 'नेपालले सामुद्रिक मार्गको सहज पहुँच र त्यसबाट धेरै फाइदा लिनका लागि ‘दक्षिण हेर्ने’ नीति अपनाउनुपर्छ। इन्डिया थिंक ट्यांक फाउन्डेसनका निर्देशक तथा भाजपाका विदेश विभाग प्रमुखसमेत रहेका माधवको यस पटकको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

 यसअघि पनि भाजपाका अर्का नेता विजय चौथाइवाले भदौ पहिलो साता नेपा भ्रमणका आएका थिए। एक महिनामा नै भारतको सत्तारुढ पार्टीका प्रतिनिधो यो दोस्रो भ्रमण हो। 

अमेरिकी सहायता संस्था एमसीसीका उपाध्यक्ष फतिमा सुमारको टोली नेपाल भ्रमणमा रहेकै बेला भएको उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

प्रकाशित: Sep 09, 2021| 19:35 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...