काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र एमसीसीकी उपाध्यक्ष फातिमा सुमारबीच बिहीबार साँझ भेटवार्ता भएको छ ।
सिंहदरबार पुगेर एमसीसी उपाध्यक्ष सुमार, सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेट गरेका हुन्। भेटका क्रममा दुबै पक्षबीच अमेरिकी सहायता परियोजना (एमसीसी) का विषयमा कुराकानी भएको जनाइएको छ।
हीबार बिहान काठमाडौं ओर्लिएको सुमारको टोलीले दिउँसो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी थिइन्। उनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ।