शुक्रबार, भदौ ५, २०८३

एमसीसीबारे साझा धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा

एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली नेपाल भ्रमणमा रहेका बेला एमसीसीबारे साझा धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं– एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली नेपाल भ्रमणमा रहेका बेला एमसीसीबारे साझा धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार सत्तारुढ गठबन्धनका नेताहरु कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच अहिले एमसीसीको विषयमा छलफल भइरहेको छ।

यसअघि सत्तारुढ तीन दलका शीर्ष नेताहरु प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादवबीच एमसीसीका विषयमा हात्तीवनस्थित यादवको छलफल भएको थियो। 

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नुपर्ने भन्दै सत्तारुढ दल र सत्ताबाहिर रहेका दलका शीर्ष नेताहरुलाई सहयोग गर्न आग्रह गर्दै आएका छन्।  प्रचण्डले यथास्थितिमा एमसीसी पास गर्न नहुने बताउँदै आएका छन्। एमसीसी केन्द्रीय कार्यालयले बुधबार नेपाल सरकारलाई पत्र पठाउँदै एमसीसीका प्रावधानहरु संशोधन गर्न नसकिने र यो कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ। 

बिहीबार काठमाडौं आइपुगेकी एमसीसी उपाध्यक्ष सुमारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन्। उपाध्यक्ष सुमारसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले सत्तापक्षको धारणा आएपछि मात्रै आफूले धारणा बनाउने बताएको एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका छन्। 

यसअघि सत्तामा रहँदा प्रधानमन्त्री ओलीले एमसीसी देशको हितमा भएकोले यसलाई संसद्‌बाट अनुमोदन गरेर पारित गर्नुपर्ने बताएका थिए।

प्रकाशित: Sep 09, 2021| 15:44 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...