शुक्रबार, भदौ ५, २०८३

एमसीसीबारे ओलीले फेरे बोली

प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे तत्काल धारणा नबनाउने बताएका छन्।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे तत्काल धारणा नबनाउने बताएका छन्। ओलीले बिहीबार एमसीसी अध्यक्ष फतिमा सुमारसँगको भेटमा उक्त कुरा बताएका हुन्। सत्तारुढ दलहरूले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले यसबारे धारणा बनाउने ओलीको भनाइ थियो। ओलीले आफू सत्तामा छँदा भने एमसीसी सम्झौता अनुमोदन गराउनुपर्ने बताएका थिए। 

‘पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’, एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले भने, ‘ हामीले हतारिएर पोजिसन बनाउँदैनौं। अध्यक्षज्यूले रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्ने धारणा राख्नुभयो।’ भेटमा ओलीले सत्तारुढ दलहरु र सरकारले अहिलेसम्म एमालेसँग यसबारे कुनै परामर्श नगरेको पनि बताएका थिए। 

प्रधानमन्त्री हुँदा एमसीसीलाई स‍ंसद्मा प्रस्तुत गरिनुपर्ने धारणा राखेका ओलीले सत्ताबाट बाहिरिएपछि यस्तो धारणा व्यक्त गरेका हुन्। अघिल्लो सरकारका प्रधानमन्त्री ओलीले सभामुख सापकोटाका कारण उक्त सम्झौता संसद्मा प्रस्तुत गर्न नसकिएको बताउँदै आएका थिए। तर प्रतिपक्षमा आएपछि ओलीले १६५ संसद्को समर्थन पाएर प्रधानमन्त्री बनेका देउवालाई एमसीसी पारित गरेर देखाउन चुनौती दिँदै आएका छन्।

ओलीसँगको भेटमा उपाध्यक्ष सुमारले भने अनुमोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताएकी थिइन्। उनले एमसीसी अनुमोदन गराउने प्रक्रियामा सघाउन ओलीलाई आग्रह गरेकी थिइन्। ओलीले विगतमा सरकारमा रहँदा संसदमा एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा टेबुल गरे पनि अहिले दलको भूमिका बदलिएकाले आफूहरूले सत्तासीन दलको धारणा पर्खाइमा रहेको बताएका थिए। 

प्रकाशित: Sep 09, 2021| 15:39 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...