काठमाडौं– मिलिनियम च्यालेन्ज कर्पोरेन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार प्रमुख प्रतिपक्षी एमाले दल अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन्। ओलीलाई भेट्न सुमारसहितको प्रतिनिधिमण्डल पुगेको उनको निवासमा पुगेको हो।
संसद्मबाट एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने बहस चलिरहेका बेला उपाध्यक्ष सुमार नेपाल भ्रमणमा आएकी हुन्। चारदिने भ्रमणमा आएकी सुमारले शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भटटराई, अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यसूची छ। फातिमाको टोली बिहीबार नै काठमाडाैं आएको हो।