शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पौडेल समूहको प्रस्ताव– अनुशासनको कारबाहीमा परेका सबैलाई आममाफि दिऊँ

पौडेल समूहको प्रस्ताव– अनुशासनको कारबाहीमा परेका सबैलाई आममाफि दिऊँ

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले सभापति शेरबहादुर देउवालाई भेटेका छन्। बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका देउवालाई भेटेर क्रियाशील सदस्यता विवाद देखिएका २१ जिल्लामा विवाद समधान गरेर मात्रै वडा अधिवेशन गराउन आग्रह गरेका छन्। 

देउवाको गृह जिल्ला डडेल्धुरामा समेत विवाद देखिएकाले समधान खोजेर मात्रै वडा अधिवेशन गराउनुपर्ने माग पौडेल समूहको छ। बरिष्ठ नेता पौडल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. मिनेन्द्र रिजाल र जीवन परियारले देउवालाई भेटेका हुन्। 

भेटमा पौडेल समूहले अनुशासनको कारबाहीमा परेका सबै नेता कार्यकर्ताहरूलाई आममाफि दिनुपर्ने धारणा राखेका थिए। स्थानीय तहको निर्वाचन नजिकै आएकाले कारबाही फुकुवा नगर्दा चुनावी परिणाममा असर गर्ने भन्दै पौडेलसमूहले कारबाही फुकुवाको माग गरेको हो।

‘हामीले डडेल्धुरा  लगायत २१ जिल्लाको विवाद मिलाएर मात्रै पालिका अधिवेशन गर्न माग गरेका छौं,’ देउवालाई भेट्न पुगेका पौडेल समूहका नेता जीवन परियारले नेपाल समयलाई भने। यस्तै वडा अधिवेशन सकिएका जिल्लामा पालिका तहको अधिवेशन तत्काल नगर्न पौडेल समूहले माग गरेको छ। विवादित २१ जिल्लाका वडा अधिवेशन सकिएपछि एकै पटक पालिका अधिवेशन गर्नुपर्ने  माग पौडेल समूहको छ।

अधिवेशनको मिति हेरफेर गर्ने अधिकार निर्वाचन समितिलाई दिइएकाले पालिका अधिवेशनको सम्बन्धमा आवश्यक निर्णय लिन आग्रह गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।

भेटमा सभापति देउवाले विवाद समाधानका लागि साथिहरूलाई जिम्मा दिइएको बताएको परियारले जानकारी दिए। २१ जिल्लामा क्रियाशील विवाद नमिल्दा वडा अधिवेशन अनिश्चित बनेको छ।

प्रकाशित: Sep 09, 2021| 11:30 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...