कोरोना भाइरसको जोखिमका कारण ६ दिनयता नेपाल लकडाउन छ। सवारीसाधन चलेका छैनन्। मानिसहरु घरभित्रै बसिरहेका छन्। सधैं व्यस्त रहने काठमाडौं उपत्यका शान्त छ अहिले।
नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले लकडाउनको पाँचौं दिन शनिबार पाटन क्षेत्रका केही तस्बिर खिचेका छन्। हेरौं उनले ड्रोनबाट खिचेका केही तस्बिरः