बिहीबार, भदौ ४, २०८३

मालिक अस्पताल बस्दा ५४ दिन घर कुर्ने बिरालो

सबै सदस्य अस्पताल भर्ना भएपछि गर्भवती लीली घरमा एक्लै भई।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

चीन वुहानमा लीली नामको बिरालो ५४ दिनसम्म घरमा एक्लै बस्यो। ऊ बस्ने घरका मानिस वा भनौं उसका मालिकका सबै सदस्य कोभिड–१९ को उपचारको लागि अस्पतालमा थिए। परिवारका ७ सदस्य अस्पतालमा उपचार गराउँदा लीली घर कुरेरै बसी।

जनवरीको अन्तिम साता लीलीको मालिक चेन कोभिड–१९ बाट संक्रमित भए। केही दिनमा परिवारका अन्य सदस्य चेनका बुवा, आमा र अन्य सदस्यहरूमा पनि कोभिड–१९ भाइरस देखियो।

सबै सदस्य अस्पताल भर्ना भएपछि गर्भवती लीली घरमा एक्लै भई। संक्रमण सर्ने डरले परिवारका सदस्यले लीलीको हेरविचार गर्न कसैलाई अनुरोध गरेनन्। तर, उसको लागि खाना र केही पानीको व्यवस्था गरेर घरमा छोडे।

५४ दिनपछि जब चेनका परिवार घर फर्किए। उनीहरू सबै चकित भए की लीलीले चारवटा बच्चा पाइसकेकी थिइ। चारै बच्चा स्वस्थ थिए। तर, लीली निकै दुब्लाएकी थिइ।

ऊ आफूलाई मालिकले छोडेर गएको खानाले बाँचेकी थिइ। उसको खाने भाँडो र खाना राखिएको स्थान सरसफाई नहुँदा फोहोर र झिंगा भन्कने भइसकेको थियो। उसले आफूलाई छुट्याएको ठाउँभन्दा अन्त कतै फोहोर गरेकी थिइन।

टिकटकको चिनियाँ भर्सन डुयानमा लीलीको स्टोरी अहिले भाइरल बनेको छ। ३ लाख ६६ हजार बढीले लाइक गरेका छन्। डुयानमा अधिकांशले चेन परिवारको प्रशंसा गर्दै भाइरसका कारण जनावरलाई अप्ठ्यारो पार्न नहुने प्रतिक्रिया दिएका छन्।

चाइनाडेली डटकमबाट।

प्रकाशित: Mar 27, 2020| 09:30 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।