शुक्रबार, भदौ ५, २०८३

एमसीसी अमेरिकी सैन्य रणनीतिको हिस्सा होइन : अमेरिका

एमसीसी मुख्यालयले बुधबार नेपाल सरकारलाई पठाएको जवाफी पत्रमा एमसीसी कुनै अमेरिकी सैन्य रणनीतिको हिस्सा नभएको प्रष्ट पारेको छ।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं- 'एमसीसी लागू भएपछि अमेरिकी सेना नेपाल आउँछ' भन्ने हल्ला गरिएको भए पनि यसमा कुनै सत्यता नभएको र यो अमेरिकी सैन्य रणनीतिको हिस्सा नभएको जवाफ अमेरिकाले नेपाललाई दिएको  छ।

एमसीसी मुख्यालयले बुधबार नेपाल सरकारलाई पठाएको जवाफी पत्रमा एमसीसी कुनै अमेरिकी सैन्य रणनीतिको हिस्सा नभएको प्रष्ट पारेको छ। 

त्यसैगरि यो हिन्द-प्रशान्त रणनीति मातहत पनि नरहेको जनाएको छ। जवाफमा भनिएको छ, 'एमसीसीको स्थापना सन् २००४ मा कानुनी शासन, जनतामाथि लगानी र आर्थिक स्वतन्त्रताजस्ता लोकतान्त्रिक मूल्यप्रति कटिबद्ध देशहरुको आर्थिक वृद्धिमार्फत गरिबी न्युनिकरणमा केन्द्रित रहने गरि भएको हो। एमसीसी नेपाल कम्प्याक्ट हिन्द-प्रशान्त रणनीति मातहतको सम्झौता होइन, न त यो अमेरिकाको कुनै सैन्य रणनीतिको हिस्सा नै हो।'

एमसीसी कम्प्याक्टहरु एमसीसी र साझेदार सरकारबीचका सम्झौता भएकोले हिन्द-प्रशान्त रणनीतिको सम्बन्धमा नेपालको कुनै पनि निर्णय एमसीसी नेपालको कम्प्याक्टबाट अलग र स्वतन्त्र रहने पनि स्पष्ट पारेको छ।

नेपाल सरकारले भदौ १८ गते विभिन्‍न ११ मुल प्रश्‍न र अन्य सहायक प्रश्‍नहरु गरि एमसीसी सम्झौताका विषयमा उठेका प्रश्‍नहरुको जवाफ माग गरेको थियो। उक्त पत्रको एमसीसीको कार्यालयले बुधबार जवाफ पठाएको हो। 

एमसीसीका उपाध्यक्ष फातिमा जेड सुमार बिहीबार नेपाल भ्रमणमा आउने कार्यक्रम छ।

प्रकाशित: Sep 08, 2021| 22:13 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...