आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • ‘लकडाउन’को दोस्रो दिन यस्तो देखियो काठमाडौं उपत्यका (फोटो फिचर)

‘लकडाउन’को दोस्रो दिन यस्तो देखियो काठमाडौं उपत्यका (फोटो फिचर)

‘लकडाउन’को दोस्रो दिन आज (बुधबार) पनि काठमाडौं उपत्यका सुनसान देखिएको छ।
 |  बुधबार, चैत १२, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, चैत १२, २०७६

काठमाडौं– ‘लकडाउन’को दोस्रो दिन आज (बुधबार) पनि काठमाडौं उपत्यका सुनसान देखिएको छ।

National life

काठमाडौंको बानेश्वर, लैनचाैर, ठमेल, त्रिपुरेश्वर, सुनधारा, जमल तथा ललितपुरको जाउलाखेल, ग्वार्काे, पाटन, एकान्तकुनालगायत क्षेत्रका सडक खाली देखिएका छन्।

‘लकडाउन’को पहिलो दिन मंगलबार भने राजधानीका सडकमा मानिस फाट्टफुट्ट देखिएका थिए।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन सरकारले मंगलबारदेखि एक सातासम्म देशव्यापी ‘लकडाउन’ गरेको हो। यो अवधिमा अत्यावश्यक कामबाहेर बाहिर ननिस्कन तथा अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारी साधनलाई अनुमतिबिना चल्न रोक लगाएको छ।

तस्बिरमा काठमाडौं उपत्यका

kumari

तीनकुने–माइतीघर सडककाे बानेश्वर खन्ड।

घन्टाघर क्षेत्र। 

जमल क्षेत्र।

ठमेल क्षेत्र।

सुनधारास्थित नेपाल एयरलाइन्स भवनअघिकाे सडकमा राखिएकाे धारामा हात धुँदै सर्वसाधारण ।

लैनचाैर क्षेत्र।

ललितपुरकाे पाटन दरबार क्षेत्र।

शंखमुल क्षेत्र।

रिङरोड (चक्रपथ) क्षेत्रमा पर्ने ललितपुरस्थित एकान्तकुना सडकखन्ड।

सुनधारा क्षेत्रमा एक माेटरसाइकल यात्री गन्तव्यतर्फ जाँदै। 

प्रकाशित: Mar 25, 2020| 08:34 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।