बिहीबार, भदौ ४, २०८३

भारतको मुम्बई सबैभन्दा भुलक्कड सहर

ट्याक्सी सेवा प्रदायक कम्पनी उबरका अनुसार भारतको मुम्बई सबैभन्दा भुलक्कड सहर रहेको पाइएको छ।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

काठमाडौं- ट्याक्सी सेवा प्रदायक कम्पनी उबरका अनुसार भारतको मुम्बई सबैभन्दा भुलक्कड सहर रहेको पाइएको छ।

‘लस्ट एण्ड फाउन्ड इन्डेक्स २०२०’ अनुसार मुम्बईपछि कोलकाता र इलाहबाद (प्रयागराज) भुलक्कड सहरका रुपमा पाइएको छ।

यात्रुहरुको बानी व्यहोराबारे ट्याक्सी चालकहरुको अनुभवका आधारमा तयार गरिएको वार्षिक तथ्यांकअनुसार मुम्बई भुलक्कडहरुको सहर देखिएको हो।

यात्रुहरुले ट्याक्सी प्रयोग गरिसकेपछि बिर्सिने सामानमा मोबाइल फोनदेखि नक्कली दाँतसम्म रहेका छन्।

तथ्यांकअनुसार सन् २०१९ अगस्ट ३ मा धेरै यात्रुले आफ्नो सामान बिर्सिएका थिए।

भारतको राजधानी नयाँ दिल्ली भुलक्कड सहरको चौथो नम्बरमा परेको छ। १० वटा भुलक्कड सहरको सूचीमा पाँचौ नम्बरमा ब्याङ्लोर परेको छ।

यात्रुले भूल्ने सामानहरुको सूचीमा सबैभन्दा धेरै मोबाइल फोन रहेको छ। दोस्रो नम्बरमा क्यामेरा, तेस्रोमा झोला, चौथो नम्बरमा पर्स, पाँचौ नम्बरमा साँचो, छैटौँमा कपडा रहेका छन्।

त्यस्तै छाता, पानीको बोत्तल, हेडफोन तथा चस्मा धेरै भुल्ने सामानमा परेका छन्।

त्यसबाहेक नक्कली दाँत, आँप, किताब, सैन्य जुता, खेलौना लगायतका सामानहरु पनि रहेका छन्।

उबेरका ट्याक्सी चालकको अनुभवअनुसार सबैभन्दा बढी सामान भुल्ने दिन बिहीबार र शुक्रबार हो। त्यस्तै १ बजेदेखि ३ बजेको समयमा यस्ता वस्तु धेरै भुलेको पाइएको छ।

ट्याक्सी प्रयोगकर्ताहरुले शनिबार र आइतबार गितार तथा मंगलबार, बुधबार र बिहीबार खाना बोकेका भाँडाहरु भुल्ने गरेका छन्। बीबीसी

प्रकाशित: Mar 16, 2020| 11:27 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।