बिहीबार, भदौ ४, २०८३

कोरोना संक्रमणबाट बच्न गहुँत खाने मेला

कोभिड-१९ अर्थात् कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै भारतको राजधानी नयाँ दिल्लीमा शनिबार गहुँत खाने मेला लागेको छ।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

एजेन्सी- कोरोनाको महामारी विश्वब्यापि हुँदै गएपछि यसबारे भ्रमहरु पनि निकै फैलिएका छन्।  कोभिड-१९ अर्थात् कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै भारतको राजधानी नयाँ दिल्लीमा शनिबार गहुँत खाने मेला लागेको छ।

नयाँ दिल्लीमा एक समूहले गाईको गहुँत सेवनले कोरोना संक्रमण हुन नदिने भन्दै गहुँत खाने मेला लगाएको हो।

आयोजकले गहुँतमा थुप्रै औषधीय गुण हुने र यसले कोरोना संक्रमणबाट बचाउने दाबी गर्दै गहुँत बाँडेको रोयटर्सले जनाएको छ।

उक्त समूहले क्यान्सर जस्ता खतरनाक रोगहरु पनि गहुँत सेवनका कारण निको हुने दाबी गर्दै कोरोनाको संक्रमणबाट बच्न गहुँत सेवन गर्नुपर्ने दाबी गरेको छ।

तर विज्ञहरुले भने गहुँतबाट क्यान्सर नलाग्ने वा निको हुने कुनै तथ्य नरहेको बताउँदै आएका छन्। त्यस्तै कोरोनाको अहिलेसम्म कुनै विशेष औषधि पत्ता नलागेका बेेला गहुँत खाँदैमा कोरोना ठिक हुन्छ भन्नु भ्रम मात्रै रहेको विशेषज्ञहरु बताउँछन्।

भारतको अखिल भारत हिन्दु महासभाले आफ्नो केन्द्रीय कार्यालय नयाँ दिल्लीमा आयोजना गरेको यस मेलामा झण्डै २ सय मानिस सहभागी भएका जनाइएको छ।

‘हामीले गहुँत पियौँ’, २१ वर्षीय ओम प्रकाशले भने, ‘हामीले गाईको गोबरले नुहाउने गरेका पनि छौँ। त्यसैले कुनै आधुनिक औषधिको सेवन गर्नुपरेको छैन।’

अखिल भारत हिन्दु महासभाका अध्यक्ष चक्रपानी महाराजले कोरोना भाइरसको सांकेतिक तस्बिर अगाडि बसेर आफूले गाईको गहुँत सेवन गरेका थिए। साथै उनले त्यहाँ उपस्थित सबैलाई गहुँत सेवन गर्न आग्रह गरे।

भारतमा सत्तारुढ भारतीय जनता पार्टीले नै गाईको गहुँतबाट क्यान्सरलगायतका रोगहरु निको हुने जस्ता विषयहरु प्रचारप्रसार गर्दै आएको छ।
केही समयअघि भारतको असमका एक सांसदले विधानसभा बैठकमा गाईको गहुँतले कोरोना संक्रमण रोक्ने भन्दै यसलाई प्रचारप्रसार गर्न जोड दिएका थिए।

विश्वभर विश्वभर १ लाख ४२ हजार भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ५ हजार बढीको मृत्यु भइसकेको छ।

प्रकाशित: Mar 14, 2020| 10:23 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।