शुक्रबार, असोज ३१, २०८२

कट–कपी–पेस्ट कमान्ड बनाउने ल्यारी टेस्लरको निधन

कम्प्युटरलाई आम मानिसका लागि सुगम बनाउन महत्त्वपूर्ण योगदान दिएका ल्यारी टेस्लरको निधन भएको छ।
 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

कम्प्युटरलाई आममानिसका लागि सुगम बनाउन महत्वपूर्ण योगदान दिएका ल्यारी टेस्लरको निधन भएको छ।

Kumaribank

न्युयोर्कको ब्रान्क्समा जन्मिएका कम्प्युटर वैज्ञानिक टेस्लर ७४ वर्षका थिए।

कम्प्युटरमा युजर इन्टरफेस विकासको सुरुवाती चरणमा असाधाराण योगदान दिनेमध्येका एक थिए टेस्लर। विशेषगरी उनलाई कट–कपी–पेस्ट कमान्ड बनाउने वैज्ञानिकका रुपमा चिनिन्छ। फाइन्ड र रिप्लेस जस्ता कमान्ड पनि उनैले आविष्कार गरेका थिए।

क्यालिफोर्नियाको स्टेलफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका उनले सन् १९६० को दशकमा सिलिकन भ्यालीमा करिअर सुरु गरे।

सुरुमा जेरोक्स कम्पनीसँग जोेडिएका उनले त्यसपछि एप्पलमा स्टिभ जब्ससँग १७ वर्ष काम गरे।

Metro Mart

केही समय अमेजन र याहुमा पनि काम गरेका टेस्लरले एउटा एजुकेशन स्टार्टअप सुरु गरेका थिए।

जेरक्सले उनीप्रति श्रद्धाञ्जली दिंंदै लेखेको छ, ‘कट, कपी, पेस्ट, फाइन्ड र रिप्लेस (ctrl+x, ctrl+c, ctrl+v)  र यस्ता धेरै कमान्ड बनाएका जेरक्सका पूर्व रिसर्चर ल्यारी टेस्लर। जसले तपाईंको दैनिकीलाई सहज बनाइदिए, ती व्यक्तिलाई धन्यवाद ! ’

 

प्रकाशित: Feb 20, 2020| 16:09 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...