शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गगनको प्रश्‍न - पार्टी नै व्यवस्थापन गर्न नसक्नेले देश बनाउँछु भन्दा कसले पत्याउने ?

गगनको प्रश्‍न - पार्टी नै व्यवस्थापन गर्न नसक्नेले देश बनाउँछु भन्दा कसले पत्याउने ?

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्रीको उम्मेद्वारी दिएको बताएका छन्।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्रीको उम्मेद्वारी दिएको बताएका छन्। काठमाडौंमा सोमबार आयोजित नेपाली 'कांग्रेसको १४औँ महाधिवेशन नेतृत्व विकास र भूमिका' विषयक अन्तरक्रिया कार्यक्रममा नेता थापाले पार्टीलाई नै व्यवस्थापन गर्न नसक्नेले देश बनाउँछु भन्दा कसैले नपत्याउने टिप्पणी गरेका छन्।

उनले भने, 'पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, शहर बनाउँछु भन्दा कसले पत्याउने?  अब पुराना दिनलाई सम्झिएर नयाँ काँग्रेस बनाउनुपर्छ।'

पार्टीको महामन्त्री बनेपछि चार वर्षमा अधिवेशन गराउने र पार्टीका साथीहरुलाई अनसन बस्‍नुपर्ने स्थिती आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। नेता थापाले पार्टीका आन्तरिक समस्याहरुलाई हल गर्न सके मात्र पनि आधा समस्या समाधान हुने विश्वास व्यक्त गरे। 

नेता थापाले भने, ‘नेपाली कांग्रेस पार्टी विधानको अक्षर-अक्षर पालना गरेर चलेन भने यो पार्टीले आफ्नो स्थिती बसाल्न सक्दैन, अहिले हामीले पाएको धेरै दुःखको कारण यही हो, पार्टीलाई अक्षरशः विधानको आधारमा चलाउन सक्यो भने हाम्रो धेरै समस्याको हल हुन्छ, मलाई केही नेताहरुले महामन्त्री बनेपछि के गर्छस् भनेर सोधेका छन्, म महामन्त्री बनेपछि पहिलो कुरा पार्टीको अधिवेशन चार वर्षमा गराउँछु र अहिले जस्तो पार्टीका साथीहरुलाई पार्टी कार्यालयमा आएर अनसन बस्‍ने स्थिती सिर्जना गर्न दिन्‍न, यति मात्रै गर्न सके पनि आधा समस्या हल भएर जान्छ, खास गरी नौजवान साथीहरुलाई मेरो अपिल छ, आह्वान छ, तपाईं हामी मिलेर यस्तो कांग्रेस बनाउनुपर्नेछ, कांग्रेस नयाँ बनाउने हो तर पुरोनो दिनलाई सम्झिएर बनाउने हो।’

नेता थापाले ठूला-ठूला कुरा नगरि स सानो काम पूरा गरेर देखाउने काम गर्नुपर्ने धारणा व्यक्त गरे। देशमा संविधानको शासनको पक्षमा उभिने कांग्रेस आफ्नो पार्टीभित्र पनि विधिको शासन स्थापित गरेर छोड्ने बताउँदै उनले ठूला नेताहरुले साथ दिएर पार्टीलाई अघि बढाउनु पर्ने बताए। अहिले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा अपरिचित समितिले क्रियाशील सदस्यताको बारेमा गर्नै नहुने काम गरिरहेको आरोप लगाए। 

नेता थापाले भने, ‘यो अधिवेशनबाट जब नेपाली कांग्रेसको नेतृत्व आएँछ, ठूला कुरा होइन, स साना कुरा गरौँ, स साना काम गरौँ , यो अधिवेशनबाट नेपाली कांग्रेसले अधिवेशन सकिएको दिनबाट संकल्प पनि गर्ने हो, कसम पनि खाने हो र पूरा पनि गर्ने हो, देशमा संविधानको शासनको पक्षमा उभिने काँग्रेस आफ्नो पार्टीभित्र पनि विधिको शासन स्थापित गरेर छोड्छ, बैठक पार्टी सभापति शेरबहादुर देउवा दाईको घरमा हुन्छ, हाम्रो पार्टीको विधानले पदाधिकारी पूर्व पदाधिकारी भन्नेलाई चिन्दै चिन्दैन, चिन्दै नचिनेको बैठकमा चिन्दै नचिनेको समितिले गर्नै नहुने क्रियाशीलको काम गरिरहेको छ, तर हामी गएका छैनौँ, यो एकजनाको काम होइन, हाम्रो हामी सबैको दोष हो ।'

नेता थापाले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई जनालाई उत्तेजनामा ल्याउन र दुई-चार वटा मत बिगार्न लागि पशुपतिको ढोका दिनमा पाँच पटक समेत पुग्न तयार रहेको टिप्पणी गरेका छन्।

प्रकाशित: Sep 06, 2021| 20:07 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...