शुक्रबार, भदौ ५, २०८३

मन्त्रिपरिषद्ले गरेका निर्णयहरु के-के हुन् ?

मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं- मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्‍न अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र विकास र स्वास्थ्य क्षेत्रको सुधारका लागि सहुलियत ऋण लिने निर्णय गरेको सरकारका प्रवक्ता र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्। 

उनका अनुसार विद्यालय क्षेत्र विकासका लागि पाँच अर्ब ५४ करोड र स्वास्थ्य क्षेत्र सुधारका लागि पाँच अर्ब ९४ करोड सहुलित ऋण स्वीकार गर्ने निर्णय गरेको हो। 

त्यसैगरि राष्ट्रिय जनगणनाको संसोधित कार्यतालिका स्वीकृत गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको प्रवक्ता कार्कीले जानकारी दिएका छन् । जलवायु परिवर्तनका लागि अनुकल कार्य गठबन्धन र सोको निर्देशन समितिमा सहभागी हुन स्वकृति प्रदान गर्ने निर्णय भएको उनले जानकारी दिए। 

दार्चुलाको व्यास गाउँपालिका- १  छाङ्‌रु स्थापना भएका प्रहरी चौकी- १ र सशस्त्र प्रहरी बल-८५ गुल्मको भवन निर्माणका लागि आवश्यक ८५ सय क्युफिट सल्लो काठ संकलन गरि प्रयोग गर्ने स्वीकृति दिएको पनि प्रवक्ता कार्कीले जानकारी दिएका छन्। 

नेपालको लोकतन्त्र प्रजातान्त्रिक बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने, आर्थिक ०७८-०७९ विभिन्‍न आयोजनाका लागि स्थायी र अस्थायी कर्मचारी भर्ना गर्ने, निजामति दिवसको अवसरमा ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णयसमेत भएको प्रवक्ता कार्कीले जानकारी दिएका छन्।


प्रकाशित: Sep 06, 2021| 18:38 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...