शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चुरेको पहिरो नियन्त्रणमा तीन तहकै सरकार लाग्‍नुपर्छ : विष्णु पौडेल

चुरेको पहिरो नियन्त्रणमा तीन तहकै सरकार लाग्‍नुपर्छ : विष्णु पौडेल

नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवल चुरे क्षेत्रमा गएको पहिरो नियन्त्रणमा तीन तहकै सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

बुटवल- नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवल चुरे क्षेत्रमा गएको पहिरो नियन्त्रणमा तीन तहकै सरकार गम्भीर हुनुपर्ने बताएका छन्। पहिरो नियन्त्रण गर्न र थप क्षति हुनबाट जोगाउनसमेत सरकारको ध्यानार्कषण गराए।

सोमबार चुरे पहिरोबाट ज्योतिनगर र लक्ष्मीनगरको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै पौडेलले पहिरोको विषयमा संसदमा समेत जानकारी गराउने बताए। ‘संघ, प्रदेश र स्थानीय सरकारले पहिरो नियन्त्रणमा प्राथामिकता राख्नुपर्छ,’ उनले भने। 

पौडेलले आफू पहिरो नियन्त्रण र विस्थापितहरू पुनर्स्थापित गर्न आफ्नोतर्फबाट कुनै कसर बाँकी नराख्‍ने उनले बताए।  रूपन्देही क्षेत्र नम्बर २ का सांसद रहेका पौडेलले पहिरो नियन्त्रण र चुरे संरक्षणमा सबै लाग्नुपर्ने बताए। 

बुटवल वडा नम्बर ३ र ४ मा पर्ने बुटवलको ज्योतिनगरमा गत साता पहिरो झरेपछि १० घर पूर्ण रूपमा पुरिएका छन् भने ६६ भन्दा बढी घर पहिरोसहितको लेदो पसेर बस्न नमिल्ने भएका छ। २० वर्ष अगाडि पनि सोही क्षेत्रमा पहिरो जाँदा ५७ घर पुरेको थियो।


प्रकाशित: Sep 06, 2021| 17:47 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...