शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपाल समूहको विद्यार्थी संगठनद्वारा गृहमन्त्री खाँणको पुत्ला दहन

माधव नेपाल समूहको विद्यार्थी संगठनद्वारा गृहमन्त्री खाँणको पुत्ला दहन

नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ।

सत्तारुढ गठबन्धनभित्रैको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट नेपाल स्वतन्त्र विद्यार्थी युनियनले गृहमन्त्री खाँणले वाक स्वतन्त्रतालाई कुण्ठित गर्ने गरि भारतको विरोध नर्गन विज्ञप्ति जारी गरेको भन्दै सोमबार गृहमन्त्री खाँणको पुत्ला दहन गरेको हो। 

अनेरास्ववियु विश्वविद्यालय राष्ट्रिय कमिटीहरुको आयोजनामा नेपाल कमर्श क्याम्पस मिनभवनमा गृहमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरिएको हो। प्रदर्शनमा नाराबाजीसहित एमसीसी सम्झौताको पनि चर्को विरोध गरिएको थियो। विरोध प्रदर्शनमा बोल्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले हिजो तानाशाहविरुद्ध लडेका गृहमन्त्रीलाई कुन प्रभुले सिकाएर विज्ञप्ति लेख्‍ने आँट आयो भन्ने प्रश्न गरेका छन्। 

उनले गृहमन्त्री खाँणले भारतलाई रिझाउनका लागि विज्ञप्ति निकालिएको बताए। प्रधानमन्त्री शेरबहादुर देउवा आफूहरुकै समर्थनमा प्रधानमन्त्री बनेको भए पनि एमसीसी सम्झौता पारित गर्ने पहल गरेको भन्दै उनले एमसीसी सम्झौता स्वीकार्य नहुने स्पष्ट पारेका छन्। 

उनले भने, ‘हामी बालकृष्ण खाँणलाई सोध्न चाहान्छौँ, हिजो राजाविरुद्धमा लड्दै गर्दा, हिजो केपी ओलीले तानाशाही कदम चाले, संविधान च्याते, संसद भत्काए भन्ने बालकृष्ण खाँणलाई यो कुनचाहीँ प्रभुले सिकाएर यो विज्ञप्ति लेख्‍न तपाईलाई आँट आयो ? किन यस्तो भारतलाई रिझाउने र नरेन्द्र मोदीको गुलाम गर्ने विज्ञप्ति निकाल्नु हुँदैछ ? प्रधानमन्त्री देउवा हाम्रै बलमा प्रधानमन्त्री हुनुभएको छ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गर्ने पहल गरिरहनुभएको छ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता किमार्थ सम्भव छैन। राष्ट्रघाती सम्झौता स्वीकार्य छैन।’

प्रदर्शनमा 'गृहमन्त्री राजिनामा दे', 'एमसीसी खारेज गर', 'भारतीय विस्तारवाद मुर्दावाद', 'राष्ट्रघाती सम्झौता खारेज गर', 'सीमा अतिक्रमण बन्द गर', 'जयसिंह धामीलाई न्याय दे' भन्‍नेलगायतका नाराबाजी समेत गरिएको थियो। 


प्रकाशित: Sep 06, 2021| 17:37 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...