शुक्रबार, भदौ ५, २०८३

नेकपा एमालेलाई स-साना जुम्राहरु मिलेर लखेट्‌न खोजे : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स-साना जुम्राहरु मिलेर लखेट्न खोजेको आरोप लगाएका छन् ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स-साना जुम्राहरु मिलेर लखेट्न खोजेको आरोप लगाएका छन् ।  

एमालेको भ्रातृसंस्था युवा संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेबाट फुटेर गएका माधव नेपाल समूहप्रति लक्षित गर्दै जुम्राहरु मिलेर लखेट्न खोजेको बताए। 

सरकारबाट एमाले हटेको भए पनि जनताले एमाले खोजेको उनको दाबी छ। एमाले सरकारमा हुनु र नहुनुमा पार्टीलाई खास फरक नपर्ने भए पनि देशलाई धेरै ठूलो फरक पर्ने बताएका छन्। उनले भने, 'एमाले सरकारमा हुन र नुहुनमा देशलाई फरक पर्छ । एमालेप्रति जनताको आशा भरोसमा कमी आएको छैन।' 

एमालेको जनपक्षीय नीति र कामहरुले अग्रगामी दृष्टिकोण, अडान र व्यवहारले जनताको आशा र भरोसा बढेको उनले बताए। उनले आफू पनि युवा भएको दाबी गरे। थपे, 'भुलचुकले कपाल फुल्यो बेग्लै कुरा हो म आफूलाई युवा नै सम्झन्छु । अध्यक्ष नै हो म पहिलेको ।'

नेकपा एमालेले युवालाई दुरुपयोग नगर्ने दाबी गर्दै युवाको शक्तिलाई सही ठाउँमा प्रयोग गरिने पनि उनले बताएका छन्।  

महाकालीमा तुइन काटेर नेपाली झारिएकोप्रति नेपाल सरकार बोल्न नसकेको तर राष्ट्रियताका लागि बोल्नेहरुलाई लाठी बर्साएको उनको आरोप छ। 


प्रकाशित: Sep 06, 2021| 17:19 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...