बिहीबार, भदौ ४, २०८३

समाचार वाचिका : आफूले पदक पाएको थाहा पाउँदा लाइभ प्रसारणमै रोकियो गला

भारतको केरलकी एक समाचार वाचिका त्यतिबेला आश्चर्यमा परिन् जतिबेला उनी प्रत्यक्ष प्रसारण भइरहेको टेलिभिजन समाचार वाचन गरिरहेकी थिइन्।
 |  शुक्रबार, फागुन २, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०७६

एजेन्सी- भारतको केरलकी एक समाचार वाचिका त्यतिबेला आश्चर्यमा परिन्, जतिबेला उनी प्रत्यक्ष प्रसारण भइरहेको टेलिभिजन समाचार वाचनमा थिइन्।

समाचार वाचनका क्रममा आश्चर्यमा पर्नुपर्ने कारण थियो, उनी आफैँ पुरस्कृत भएको खबर प्रत्यक्ष प्रसारणमा गइसकेपछि थाहा पाउनु।

बुधबार केरल राज्यको 'मातृभूमि' मललायम च्यानलमा समाचार वाचन गरिरहेकी थिइन्, मुख्य सहायक सम्पादक एन श्रीजा श्याम।

समाचार पढ्दै जाँदा उनको गला एक्कासि रोकियो, जसमा केरल सरकारले प्रदान गर्ने मिडिया अवार्ड २०१९ मा आफ्नै नाम परेको थियो।

समाचार पढ्दै गर्दा उनले प्रोम्पटरमा आफ्नै नाम देखिन्, त्यसपछि उनी केही सेकेन्डका लागि रोकिइन्।

उनलाई ‘बेस्ट न्युज एंकर अवार्ड’ का लागि चुनिएको थियो। त्यसपछि उनले आफ्नो खुसी लुकाउने कोसिस गर्दै पूरै समाचार वाचन गरिन्।

एन श्रीजासँगै उनका अन्य दुई सहकर्मीले समेत पदक जितेका थिए।

समाचार वाचनपछि उनले भनिन्, 'म निकै आश्चर्यमा परेँ। अगाडि न्युज डेस्कका साथीहरु मलाई हेरेर हाँसिरहेका थिए। तर यो पल मेरा लागि निकै स्मरणीय बनेको छ।'

प्रकाशित: Feb 14, 2020| 16:50 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।