शुक्रबार, भदौ ५, २०८३

कांग्रेस मकवानपुरको अधिवेशन : ८९ वटा वडा निर्विरोध, १३ वडामा चुनाव

मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार सकिएको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

मकवानपुर- मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार सकिएको छ। जिल्लाको १०२ वटै वडामा आइतबारबाट सुरु भएको अधिवेशन सोमबार सकिएको हो।

पार्टी प्रवक्ता प्रदीप कोइरालाकाअनुसार कांग्रेसले ८९ वटा वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित गरेको छ भने १३ वटा वडामा चुनाव भएको छ।

वडा अधिवेशनबाट वडा सभापति, उपसभापतिमा २ जना, सचिवमा २ जना, सह–सचिवमा २ जना, कोषाध्यक्ष र सदस्यहरु चयन भएका छन्।समितिमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको छ। पार्टी प्रवक्ता कोइरालाकाअनुसार विभिन्न जातजाति, पिछडिएको वर्ग, अल्पसंख्यक, मधेशी, मुस्लिमलगायतको प्रतिनिधि निर्वाचित गरेको छ।

अधिवेशनले बुथ प्रतिनिधि अर्थात वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधिसमेत चयन गरिसकेको छ। मकवानपुरका विभिन्न गाउँपालिका र नगरपालिकाका वडाहरुमा आवश्यकताका आधारमा वडासमिति र बुथ प्रतिनिधिसमेत गरी कम्तीमा १६ देखि ५० जना चयन गरेको छ।

कांग्रेसले देशैभर वडा तहको अधिवेशन १८ देखि २३ भदौभित्रमा गर्न निर्देशन दिएबमोजिम मकवानपुरमा आइतबारका लागि तोकिएको थियो।

प्रकाशित: Sep 06, 2021| 12:20 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...