शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्रीले माफी नमागेसम्म नेकपा (एस) अखिलले निरन्तर प्रदर्शन गर्ने

गृहमन्त्रीले माफी नमागेसम्म नेकपा (एस) अखिलले निरन्तर प्रदर्शन गर्ने

भारतीय प्रधानमन्त्री मोदीको विरोध प्रर्दशन नगर्न भन्दै गृह मन्त्रालयले पटक पटक सूचना जारी गरेपछि सत्तारुढ गठबन्धनको विद्यार्थी संगठन अखिलले सोमबार पनि मीनभवन, काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं- सत्तारुढ गठबन्धन नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध नगर्न गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिको विरुद्धमा थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।

भारतीय प्रधानमन्त्री मोदीको विरोध प्रर्दशन नगर्न भन्दै गृह मन्त्रालयले पटक पटक सूचना जारी गरेपछि सत्तारुढ गठबन्धनको विद्यार्थी संगठन अखिलले सोमबार पनि मीनभवन, काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।

‘यो सरकारका मान्छेहरुले भारतीय तलब खान्छन् कि नेपालीको तलब खान्छन्? आइतबारको गृह मन्त्रालयको प्रेस विज्ञप्तिले गम्भीर प्रश्न उठाएको छ,’ अध्यक्ष पराजुलीले भने, ‘जयसिंह धामी मारिँदा नबोल्ने? नेपाली भूमिमा भारतीय सैनिकको हेलिकोप्टर उड्दा नबोल्ने? तर, सोही घटनामा भारतीय प्रधानमन्त्रीको विरोधमा प्रदर्शन गर्दा कानुन लगाउने काम किन भयो? यस घटनामा गृह मन्त्रालयले माफी माग्नुपर्छ।’ 

उनकाअनुसार सरकारले माफी नमागेसम्म निरन्तर विरोधका कार्यक्रम सञ्चालन हुनेछ, जसअनुसार आज अपरान्ह ४ बजे अखिलले मीनभवन काठमाडौंसहित देशैभरी प्रदर्शन गर्नेछ। ‘यो प्रेस विज्ञप्ति मात्रै होइन, नेपाली जनताको स्वाभिमानलाई मोदीको पाउमा सरकारले लगेर राखिदिएको छ, यो अपमान र लज्जास्पद घटना हो, यसमा सरकारले माफी माग्नै पर्छ,’ पराजुलीले अगाडी भने, ‘सत्तामा पुगेर जनविरोधी काम गर्न पाइँदैन, सरकारले त्यो विज्ञप्तिलाई अविलम्ब फिर्ता लिएर नेपाली जनतासँग माफी माग्नुपर्छ।’

अखिलले गरेको विरोध प्रदर्शनमा नेकपा (एस)सँग कुनै सम्बन्ध नभएको पनि उनको भनाइ छ। ‘अखिल सदैव जनविरोधी कार्यको प्रतिपक्ष हो, हाम्रो पार्टीले के भन्छ? के गर्छ? त्यो अखिलले जान्दैन्,’ पराजुलीले भने, ‘तर, सार्वभौमसत्ता र नेपाली जनताको स्वाभिमानमा नै आँच आउने काम गर्नेलाई अखिलले छाड्दैन, सरकारले यसघटनामा अविलम्ब माफी मागोस्।’ 

नेकपा (एस) गत सातादेखि नै भारतीयद्धारा नेपाली भुमि अतिक्रमण र जयसिंह धामी मृत्यु प्रकरण विरुद्ध निरन्तर प्रदर्शनमा छ। सोही घटनालाई लिएर कुटनीतिक क्षेत्रमा दखल पर्ने भन्दै गृह मन्त्रालयले मोदी विरुद्ध प्रदर्शन नगर्न आइतवार प्रेस विज्ञप्ति जारी गरेको थियो।    -न्युजकारखाना 

प्रकाशित: Sep 06, 2021| 11:10 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...