शुक्रबार, भदौ ५, २०८३

दाङका ५० वडामा आज कांग्रेस अधिवेशन हुँदै

नेपाली कांग्रेस दाङले आज सोमबार वडा तहको अधिवेशन गर्दैछ। कांग्रेसले १४औं महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि तल्लो तहमा अधिवेशन गर्न लागेको हो।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

दाङ- नेपाली कांग्रेस दाङले आज सोमबार वडा तहको अधिवेशन गर्दैछ। कांग्रेसले १४औं महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि तल्लो तहमा अधिवेशन गर्न लागेको हो।

जिल्लाका ५० वडामा सहमति भइसके पनि बाँकी ५० वडामा सोमबार मतदानमार्फत् नयाँ नेतृत्व चयन हुने कांग्रेस दाङ सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए। 

बिहान ७ बजेबाट मतदान प्रक्रिया सञ्चालन भइरहेको छ। वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो।

पाँच पटकसम्म कार्यतालिका परिवर्तनपछि १४औं महाधिवेशन गर्न टुंगोमा पुगेको कांग्रेसले वडा तहको निर्वाचन शुक्रबारबाट थालेको हो। दाङमा भने तीन दिनपछि निर्वाचन हुन लागेको हो। जिल्लामा अधिकांश वडामा मूल नेतृत्वको लागि मात्रै निर्वाचन हुन लागेको जिल्ला निर्वाचन सहायक अधिकृत कुमार श्रेष्ठले जानकारी दिए। 

जिल्लामा वडा अधिवेशनका लागि मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध एवं उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ।

खड्काका अनुसार क्षेत्र नम्बर १ मा ३७ वटा वडामध्ये २५ मा,  २ मा २७ मध्ये १० मा, ३ मा ३६ वडामध्ये १५ वटा वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ। - न्युज कारखाना

प्रकाशित: Sep 06, 2021| 07:51 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...