बिहीबार, कात्तिक २७, २०८२

सुदूरपश्‍चिम प्रदेश सभामा प्रमुख दल बन्यो नेकपा एकीकृत समाजवादी

आइतबार मात्र नेकपा (एस) को पक्षमा तीन जनाले सनाखत गरेका छन्। यसअघि भदौ १५ गते १० जनाले नेकपा (एस) को पक्षमा सनाखत गरेका थिए।
 |  आइतबार, भदौ २०, २०७८

भीम चौधरी

भीम चौधरी

आइतबार, भदौ २०, २०७८

धनगढी- नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभाको प्रमुख दल बनेको छ। आइतबारसम्म नेकपा (एस) को पक्षमा १३ जना प्रदेश सभा सदस्यले सनाखत गरेका छन्। आइतबार मात्र नेकपा (एस) को पक्षमा तीन जनाले सनाखत गरेका छन्। यसअघि भदौ १५ गते १० जनाले नेकपा (एस) को पक्षमा सनाखत गरेका थिए।

National life

अब नेकपा (एस) र नेकपा माओवादी केन्द्रका दुई दल समान हैसियतका प्रमुख दल बनेका हुन्। माओवादी केन्द्रका पनि १३ जना प्रदेश सभा सदस्य छन्।

यसअघि नेकपा एमालेका २४ जना (सभामुख) बाहेक प्रदेश सभा सदस्य रहेका थिए। प्रदेश सभामा नेपाली कांग्रेसका १२, एमालेका ११ र तत्कालीन राजपाका दुई जना प्रदेश सभा सदस्य रहेका छन्। तत्कालिन राजपा पनि फुटेपछि दुई जना प्रदेश सभा सदस्य कता खुल्ने निश्चित भएको छैन।

सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य रहने व्यवस्था छ । एमाओवादीले एमाले प्रवेश गरेका कारण एक जना झपट बोहरालाई हटाएपछि अब प्रदेश सभामा ५२ जना प्रदेश सभा सदस्य रहेका छन्।

निर्वाचन आयोगले भदौ २२ गतेसम्म सनाखत गर्ने समय दिएको छ।

Laxmi sunrise bank
kumari

नेकपा (एस) को पक्षमा क–कसले सनाखत गरे?

नेकपा (एमाले) छोडेर थप तीन जनाले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन्। 

आइतबार नेकपा (एस) का पक्षमा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, एमालेका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र प्रदेश सरकारका पूर्व राज्यमन्त्री प्रकाश रावलले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन्। 

यसअघि भदौ १५ गते आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा नेकपा (एस) को पक्षमा सनाखत गरेका थिए।

सनाखतपछि कसले के भने ?

नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेपछि नेपाल समयसँग कुरा गर्दै भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महासचिव बनाए पनि नजाने प्रतिक्रिया दिए। 

'केपी ओली प्रतिगमनका मतियार हुन्,’ मन्त्री सोडारीले भने, 'उनी सच्चिनुपर्छ । कम्युनिष्ट आन्दोलनलाई ठिक ठाउँमा लग्‍नुपर्छ अनि एकता हुन्छ ।’ 

उनले नेकपा (एस) को पक्षमा कम्तिमा १४ जना पुग्‍ने दाबी गरे। उनले तत्काल सरकार फेरबदल नहुनेसमेत बताएका छन्।

'पार्टी ०७५ जेठ २ मा फर्किएको भनिएको थियो । तर, त्यस्तो निर्देशन आएन,’ सनाखतपछि प्रतिक्रिया दिँदै अर्का प्रदेश सभा सदस्य तारालामा तामाङले भने,'हामी विनाकै एमाले बनाउन खोजिएपछि नेकपा (एस) मा खुलेको हुँ ।’

'हामी कैलाली र कञ्चनपुरका प्रदेश सभा सदस्य नेकपा एमालेका अध्यक्ष थियौं,’ प्रदेश सभा सदस्य तामाङले भने, 'यदि जेठ २ गतेको समिति सञ्चालन गर्न भनेर सर्कुलर आएको भए हामी दुई जनालाई नैतिक संकट पर्न सक्थ्यो ।’ 

जसरी माथि माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमरहित नेकपा एमाले बनाउने अभियान थियो, त्यसरी नै कञ्चनपुरमा केही मानिसहरु तारालामा तामाङरहित नेकपा एमाले बनाउने अभियानमा लागेको उनको आरोप छ। 

उनले थपे, 'पाँच दिनको पर्खाइ त्यो हो भनेर बुझ्दा हुँन्छ ।’ उनी पनि भदौ १५ गते नै अन्य १० जना प्रदेश सभा सदस्यसंगै नेकपा (एस) को पक्षमा सनाखत गर्ने तयारी गरेका थिए । तर, अन्तमा सनाखत गरेका थिएनन् । उनले सरकार फेरबदलका विषयमा अहिले केही नबोल्ने बताए ।

समाजवादीमा खुलेका पूर्व राज्यमन्त्री रावलले पनि आफूहरु केपी ओलीको प्रतिगमनकाविरुद्ध रहेकोले सो दल त्यागेर नेकपा (एस ) मा सामेल भएको प्रतिक्रिया दिए।

प्रकाशित: Sep 05, 2021| 19:36 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...