शुक्रबार, भदौ ५, २०८३

राष्ट्रपतिसमक्ष भाषा आयोग र दलित आयोगको वार्षिक प्रतिवेदन पेश

 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं- राष्ट्रिय दलित आयोग र भाषा आयोगले आर्थिक वर्ष २०७७/०७८ को छुट्टाछुट्टै वार्षिक प्रतिवेदन पेश गरेका छन्। 

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । 

त्यसैगरि भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पनि आइतबार नै पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तले जानकारी दिएका छन्। 


प्रकाशित: Sep 05, 2021| 17:15 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...