बिहीबार, कात्तिक २७, २०८२

सुदूरपश्चिममा थप तीन सांसद्ले रोजे नेकपा एकीकृत समाजवादी

 |  आइतबार, भदौ २०, २०७८

भीम चौधरी

भीम चौधरी

आइतबार, भदौ २०, २०७८

धनगढी- सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी रोज्‍ने प्रदेश सांसदको संख्या १३ पुगेको छ। नेकपा एमाले विभाजनपछि आइतबार थप तीनजना प्रदेश सांसद्ले एकीकृत समाजवादी रोजेका हुन्। यसअघि प्रदेशका १० सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए। 

National life

भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, नेकपा एमालेका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र पूर्व राज्यमन्त्री प्रकाश रावलले एकीकृत समाजवादीको पक्षमा आइतबार हस्ताक्षर गरेका हुन्।

पार्टी विभाजनसँगै आइतबार औपचारिकरुपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर सोडारी, तामाङ र रावलले नेकपा एकीकृत समाजवादी पार्टी रोज्दै हस्ताक्षर गरेका हुन्।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए। 

निर्वाचन आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा भदौ २२ गतेभित्र हस्ताक्षर गरिसक्नुपर्ने जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 05, 2021| 16:28 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...