शुक्रबार, भदौ ५, २०८३

एकीकृत समाजवादीले ६ प्रदेशमा तोक्यो इन्चार्ज

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)पार्टीले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ। एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तर पार्टी निर्देशनमा प्रदेश इन्चार्ज तोकिएको उल्लेख छ।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)पार्टीले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ। एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तर पार्टी निर्देशनमा प्रदेश इन्चार्ज तोकिएको उल्लेख छ। 

एकीकृत समाजवादीले प्रदेश १ मा घनेन्द्र बस्नेतलाई इन्चार्ज तोकेको छ भने प्रदेश २ इन्चार्ज धर्मनाथ साह भएका छन्। बागमतीमा प्रदेशको इन्चार्ज केदार न्यौपानेलाई बनाइएको छ भने केशवलाल श्रेष्ठको इन्चार्ज बनेका छन्। भागवत विश्वासीलाई लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी तोकिएको छ भने कर्णाली इन्चार प्रकाश ज्वाला बनेका छन्। सुदूरपश्चिम प्रदेशमा भने इन्चार्जको टुंगो लाग्न बाँकी छ।

विश्वनाथ प्याकुरेल उपत्यका विशेष प्रदेश इन्चार्ज बनेका छन् भने जनसम्पर्क विशेष प्रदेश इन्चार्जमा विजय गुरुङलाई जिम्मेवारी दिइएको छ। 

पार्टीले केही विभागमा समेत प्रमुख तोकेको छ। जगन्नाथ खतिवडा प्रचार विभाग प्रमुख बनाइएका छन् भने प्रवास इन्चार्ज श्रीप्रसाद शाह बनेका छन्। मोर्चा इञ्चार्ज विजय पौडेललाई बनाइएको छ।

प्रकाशित: Sep 04, 2021| 23:03 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...