शुक्रबार, भदौ ५, २०८३

राष्ट्रपतिद्वारा भदौ २३ गते ४ बजे संसद् अधिवेशन आह्वान

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्। सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले २३ गते दिउँसो ४ बजे अधिवेशन आह्वान गरेकी हुन्। 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। 

अधिवेशनबारे बोलाउनेबारे शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका थिए।

सरकारले बजेट अध्यादेश पारित नगर्दै संसद् अधिवेशन अन्त्य गरेको थियो। उक्त अध्यादेश असोज दुई गतेसम्म पारित नभए स्वतः निष्क्रिय हुन्छ। 

सरकारले संसद अधिवेशन अन्त्य गर्दै  राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ ल्याएको थियो। उक्त अध्यादेशमा दल विभाजनका लागि सहज व्यवस्था गरिएको थियो। सोही बमोजिम नेकपा एमाले विभाजित भएर नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका छन्। 

प्रकाशित: Sep 04, 2021| 20:15 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...