शुक्रबार, असोज ३१, २०८२

यी हुन् सस्तो मूल्यमा पाईने राम्रा स्मार्टफोन

सस्तो मूल्यमा राम्रा स्मार्ट फोन बोक्न चाहनेहरुका लागि विभिन्न ब्राण्डका मोबाइलहरु हाम्रै बजारमा उपलब्ध छन्।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

काठमाडौं- सस्तो मूल्यमा राम्रा स्मार्ट फोन बोक्न चाहनेहरुका लागि विभिन्न ब्राण्डका मोबाइलहरु हाम्रै बजारमा उपलब्ध छन्।

Kumaribank

सस्तो र राम्रो मोबाइल खोजिरहेका व्यक्तिका लागि यी मोबाइलहरु उपयुक्त हुन सक्छन्।

यस्तोमा चलेका ब्राण्डहरु सामसुङ, हुवेई, साओमी रेडमी, भिभो, ओप्पोलगायत ब्राण्डहरु पनि सस्तो मूल्यमा उपलब्ध छन्।

नेपाली रु. १० देखि १५ हजारसम्मको मोबाइल सेट खोज्नेहरुका लागि यी सेटहरु उपयुक्त हुन सक्छन्।

यीनै ब्राण्डका मोबाइल अझै सस्तो मूल्यमा पनि पाउन सकिन्छ। त्यसबाहेक मोबाइलमा तोकिएको मूल्य (मेक्सिमम रेसियल प्राइस) एमआरपीबाट केही प्रतिशत छुटसमेत पाउन सकिन्छ।

Metro Mart

तलका सबै मोबाइलमा कम्तीमा १० देखि १५ प्रतिशत छुट उपलब्ध हुने गरेको छ।

सामसुङ ए १० एस

यो मोबाइललाई रु.१४००० हजार पर्छ। जसमा डबल सिप कार्ड, १३ र ८ मेगा फिक्सेल क्यामेर वक्टा ८ सीपीयु तथा २ जीबी र्‍याम र ३२ इन्टरनल मेमोरी रहेको छ। यसमा मेमोरी कार्ड थप्न मिल्छ भने वाईफाई, जीपीएसलगायतका सुविधा छन्।

सामसुङ ग्यालेक्सी एम१०

यो ग्यालेक्सी सिरिजको एम १० मोबाइलको मूल्य जम्मा १३ हजार २९० पर्छ। यसमा १३ मेगा फिक्सल र ५ मेगा फिक्सल क्यामेरा रहेको छ।
यसमा र्‍याम २ जीबीको र इन्टरनल मेमोरी १६ जीबीको छ।

हुवेई वाई ५


हुवेईको वाई ५ मोबाइलको मूल्य १३ हजार हो।
यो मोबाइलमा २ जीबी र्‍याम, ३२ जीबी इन्टरनल मेमेरी तथा १३ र ५ मेगा फिक्सेल क्यामेरा उपलब्ध छ। ब्याट्री ब्याकप राम्रो रहेको यो मोबाइलमा डबल सिप र फोरजीको सुविधा छ।

ओप्पो ए वान

यो मोबाइलको मूल्य जम्मा १४ हजार १९० पर्छ। यो मोबाइलमा २ जीबी र्‍याम र ३२ जीबी इन्टरनल मेमोरी पाउँछ।

साओमी रेडमी सेभेन ए

यो मोबाइलको बजार मूल्य १२ हजार हो। यसमा पनि २ जीबी र्‍यामका साथै ३२ जीबी इन्टरनल मेमोरी कार्ड उपलब्ध छ।
यो मोबाइलमा १२ मेगाफिक्सेल रियर क्यामेरा र ५ मेगा फिक्सेल फ्रन्ट क्यामेरा छ।
फोरजी सुविधा सहितको यो मोबाइल आकर्षक छ।

भिभो वाई ९०

सस्तो र राम्रो मोबाइल खोज्नेहरुका लागि राम्रो विकल्प यो पनि हुन सक्छ।

भिभो वाई ९ को मूल्य १२ हजार ८९० मात्र हो। यसमा ८ र ५ मे. क्यामेरा उपलब्ध छ भने २ जीबी र्‍यामसहित १६ जीबी इन्टरनल मेमोरी यसमा उपलब्ध छ।

लेनेभो पी७०

यो मोबाइलको बजार मूल्य जम्मा १३ हजार हो। यो मोबाइलमा ८ र ५ मे. को क्यामेरा उपलब्ध छ भने २ जीबी र्‍याम र १६ जीबी इन्टरनल मेमोरी छ।

प्रकाशित: Jan 13, 2020| 18:32 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...